तृणमूलले बनायो आईटी सेलको नयाँ कमिटी

00-1-Rajya-Samachar-3

कोलकाताः २०२४ को लोकसभा चुनाउअघि भारतीय जनता पार्टी (भाजपा) को डिजिटल प्रचार प्रसारको सामना गर्नका लागि राज्यको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले पनि कमर कसिसकेको छ। तृणमूलले बुधवार नयाँ आईटी सेल कमिटिको गठन गरेको छ, जसको जिम्मा पार्टीका चर्चित नेता देवांग्शु भट्टाचार्यलाई दिइएको छ।

यो कमिटी मुख्यमन्त्री ममता ब्यानर्जीको देखरेखमा बनाइएको हो। कमिटी गठनलाई लिएऱ देवांग्शुले भने, राज्यमा विपक्षी दलहरू सहित धेरैले सोशल मीडियामा फर्जी खबरहरू फैलाउने प्रयास गर्छन्। तृणमूल कांग्रेसले लामो समयदेखि बलियो भएर यसलाई रोक्ने प्रयास गरिरहेछ। यस समितिमा धेरै क्षेत्रहरूका विशेषज्ञ सामेल छन्। परिणामस्वरूप, फर्जी खबरहरूलाई रोक्ने प्रक्रिया अझ् राम्रो हुनेछ। सोशल मीडियाबाट पहिचान र माया पाइएको छ। पार्टीका छात्रहरू र युवाहरूलाई साथमा मिलाएर नयाँ शाखाको गठन गरिएको छ। अब मलाई केही नयाँ गर्ने अवसर प्राप्त हुनेछ। मलाई यस दायित्वको निम्ति लायक सम्झेकोमा ममता ब्यानर्जी, अभिषेक ब्यानर्जीको आभारी छु।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement