पुलिस निष्क्रियताको आरोप, हाईकोर्ट पुगे सांसद शिशिर अधिकारी

00-1-Rajya-Samachar-3

कोलकाताः वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीका पिता एवं वयोवृद्ध तृणमूल सांसद शिशिर अधिकारीले आफ्नो कारमाथि भएको हमला मामिलामा पुलिसमाथि निष्क्रियताको आरोप लगाएका छन्। बुधवार उनले यसलाई लिएर कलकत्ता हाईकोर्टमा याचिका लगाएका छन्। न्यायमूर्ति जय सेनगुप्ताको एकल पीठमा याचिका स्वीकृत गरिएको छ। शुक्रवार यसमा सुनवाई हुनेछ।

वस्तुतः दुई दिनअघि खेजुरीबाट घर फर्केको समय शिशिर अधिकारीको कारमाथि ढुंगामुड़ा गरिएको थियो। उनको कारको अगाड़ीको ऐना फुटेको थियो। यसलाई लिएर सांसदले भने, उनलाई ज्यानले मार्ने प्रयास गरिएको थियो। यसको पछाड़ी सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका कार्यकर्ताहरूको हात रहेको दाबी भइऱहेछ। उनले भने, उनले लोकसभा अध्यक्षसित पनि यस मामिलामा शिकायत गरेका छन् र पुलिसको भूमिकासित सन्तुष्ट छैनन्। यसैले हाईकोर्टको दैलो ढकढकाएका छन्।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *