छात्रको मृत्यु मामिलामा शिक्षकहरूलाई कसबा थानामा बोलाइयो

00-1-Rajya-Samachar-3

कोलकाताः महानगर कोलकाताको कसबा क्षेत्रमा एक स्कूलको पाँचौं तलाबाट झरेर १६ वर्षीय छात्रको मृत्यु मामिलामा अब शिक्षकहरूसित सोधपुछ शुरू भएको छ। मृतकका पिताले स्कूल प्रबन्धनमाथि छात्रलाई मानसिक रूपमा प्रताड़ित गरेको आरोप लगाएका छन्, जसपछि बुधवार थानामा शिक्षकहरूसित सोधपुछ भइऱहेछ। मृत छात्रका पिताले सिल्वर पोइन्ट हाईस्कूलका हेडमास्टर समेत चार शिक्षक विरूद्ध हत्याको मामिला दर्ता गराएका छन्। स्कूलका केही शिक्षकहरूलाई साक्षीको रूपमा सोधपुछको निम्ति थाना बोलाइएको छ। घटना भएको दिन उनीहरूले के देखे, यसबारे उनीहरूसित सोधपुछ गरी बयान रेकर्ड गरिनेछ।

गत सोमवार कसबा रथतलाको सिल्वर पोइन्ट हाईस्कूलका १०औं कक्षाको छात्र शेख शानको रगतमा लतपत शव स्कूल भवनमुनि फेला परेको थियो। यसपछि मृत छात्रका पिता शेख पप्पूले कसबा थानामा स्कूलका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र अन्य दुई शिक्षकहरू विरूद्ध लिखित शिकायत दर्ता गराए। उनले पुलिसलाई भने, उनको छोरालाई स्कूलका शिक्षकहरूले कुटेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement