
ढाका/कोलकाताः बंगलादेशमा भगवान श्रीकृष्णको जन्मको पर्व जन्माष्टमी पूर्ण श्रद्धा औ भक्तिभावको साथमा धुमधामसित मनाइँदैछ। यहाँका अल्पसंख्यक हिन्दु समुदायले हरेक जिल्लामा भगवान कृष्णका मन्दिरहरू सहित घरहरूमा धार्मिक उत्सवको आयोजन गरेका छन्। साम्प्रदायिक सद्भाव कायम राख्नको लागि अतिरिक्त संख्यामा ठाउँ-ठाउँमा पुलिस बललाई तैनाथ गरिएको छ।
वैदिक परम्परा अनुसार राती १२ बजे श्रीकृष्ण भगवानको जन्मको उत्सव मनाइन्छ जसको लागि दिनभरि तयारी गरिन्छ। भारतमा जस्तै बंगलादेशमा पनि युवतीहरूले उपवास बसेर राती १२ बजे श्रीकृष्ण जन्मको उत्सव मनाउँदछन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसीना औ राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अलग-अलग माइक्रो ब्लगिंग सन्देशमा यस उत्सवको शुभकामना दिएका छन्। साथै बंगलादेश सरकारले आज सार्वजनिक अवकाशको घोषणा गरेको छ। द्वापर युगमा भाद्र महिनाको शुक्ल पक्षमा जन्मेका भगवान कृष्णको लीलालाई लिएर पनि बंगलादेशका धेरैवटा समाचार च्यानल अनि रेडियोहरूमा कार्यक्रमहरू भइरहेका छन्। विभिन्न समाचार पत्रहरूमा भगवान कृष्णको सम्बन्धमा विशेष लेखहरू प्रकाशित भएका छन्।