राज्यका सबै विश्वविद्यालयहरूका रजिस्ट्रारको साथ शिक्षा मन्त्री ब्रात्य बसुले बैठक गर्ने

00-1-Rajya-Samachar-3

कोलकाताः पश्चिम बंगालका सबै विश्वविद्यालयहरूका रजिस्ट्रारको साथ मन्त्री ब्रात्य बसुले बैठक गर्न गइरहेका छन्। राज्य शिक्षा विभागका सूत्रहरू अनुसार, आगामी ०८ सेप्टेम्बर दिउँसो २ बजीदेखि यो बैठक हुनु तय छ। विकास भवन स्थित शिक्षा विभागको मुख्यालयमा यो बैठक हुनेछ। यसमा ३१ विश्वविद्यालयहरूका रजिस्ट्रारलाई बोलाइएको छ। यसमा के-कस्तो चर्चा हुनेछ, यसबारे स्थिति अहिले स्पष्ट छैन तर सूत्रहरूले बताए अनुसार विश्वविद्यालय प्रबन्धन र परिचालनलाई लिएर विस्तृत चर्चा हुनेछ।

खास कुरा के छ भने, हालमा राज्यपाल डा. सीवी आनन्द बोसले धेरै विश्वविद्यालयहरूमा अन्तरिम कुलपतिहरूको नियुक्ति गरेका छन्। यसलाई लिएर राज्य सरकारको साथ मतभेदको स्थिति बनेको छ। राज्यपाल विश्वविद्यालयहरूका पदेन कुलाधिपति हुन्, यसैले उनलाई अन्तरिम कुलपति नियुक्ति गर्ने अधिकारपनि छ तर राज्य सरकार यससित सहमत छैन।

एक दिनअघि मात्र मुख्यमन्त्री ममता ब्यानर्जीले चेताउनी दिँदै भनेकी थिइन् कि जुन विश्वविद्यालयले राज्यपालको आदेशको अनुपालन गर्नेछ, उसको फण्ड रोकिनेछ। यसबीच शिक्षा मन्त्रीको तर्फबाट राज्यका सबै विश्वविद्यालयहरूका रजिस्ट्रारलाई बैठकको निम्ति बोलाइनु धेरै नै महत्वपूर्ण मानिन्दैछ। सूत्रहरू अनुसार, यसमा राज्यपाललाई लिएर पनि विस्तृत चर्चा हुनसक्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement