कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको चेताउनीलाई अदेखा गर्दै राज्यपाल डा. सीवी आनन्द बोसले नदिया जिल्लाको कृष्ण नगर स्थित कन्याश्री विश्वविद्यालयमा प्रोफेसर काजल देलाई अन्तरिम कुलपति नियुक्त गरेका छन्। उनी यही विश्वविद्यालयमा प्रोफेसर हुन्। राजभवनले मंगलवार राति जारी बयानमा यसको जानकारी दिएको छ।
यस मुद्दामा पनि राज्यपाल र ममता सरकारबीच मतभेद बढ्न सक्ने बताइँदैछ। उल्लेख्य, शिक्षक दिवसको अवसरमा एक कार्यक्रममा मुख्यमन्त्रीले भनेकी थिइन्, यदि राज्यपालले यसैगरी डिस्टर्ब गरिरहे राज्य सरकारलाई बाध्य भएर कड़ा फसेला लिनपर्नेछ। जुन विश्वविद्यालयले राज्यपालको आदेशको अनुपालन गर्नेछ, उसको फण्ड रोकिनेछ।
यस समय राज्यका केही विश्वविद्यालयहरूमा स्थायी कुलपति नभएको कारण छात्रहरूलाई डिग्री लिने र अन्य प्रशासनिक फसेला लिनमा भारी समस्या भइऱहेछ। यसले गर्दा राज्यपालले पदेन कुलाधिपति भएको नाताले यस्ता विश्वविद्यालयहरूका लागि कुलपतिको पनि जिम्मेवारी निभाउने घोषणा गरेका थिए। यस घोषणामा शिक्षा मन्त्रीले प्रश्न चिह्न खड़ा गर्दै कोर्ट जाने चेताउनी दिएका थिए। राज्यपालले दुई दिनअघि १६ विश्वविद्यालयहरूमा अन्तरिम कुलपतिहरूको नियुक्ति गरिसकेका छन्।
-हिस