अवैध मदिरा बिक्रीवितरण गरेको गुनासो आएपछि पुलिसले छापा मार्दा लागुऔषध भेटिएन

55807d6f-2827-4612-9403-e1e56b3b8c0d

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको नयाँ जलपाइगढी थानाको पुलिसले अवैध मदिरा बिक्रीको उजुरी पाएपछि बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत फराबादा आदर्शपल्ली क्षेत्रमा घर-घर छापा मारेको छ। बुधबार दिउँसो पुलिसले लाठीसहित सो क्षेत्रमा घर–घर खोजी अभियान चलाएको थियो । तर त्यहाँबाट मदिरा बरामद भएको छैन। यस क्षेत्रमा घरघरमा अवैध रुपमा मदिरा र लागुऔषध बिक्री हुने गरेको सो क्षेत्रका महिलाले पुलिसमा गुनासो गरेका थिए । सोही उजुरीका आधारमा यो कारबाही गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement