गोर्खा सेवा सेनाले १० सेप्टेम्बरमा सोनादास्थित इन्टेकदेखि माटो बचाऊ अभियान शुरू गर्ने

IMG-20230906-WA0250.jpg

दार्जिलिङ: गोर्खा सेवा सेनाले आगामी १० सेप्टेम्बरको दिन सोनादास्थित इन्टेकदेखि माटो बचाऊ अभियान शुरू गर्ने भएको छ। यस विषयमा आज दार्जिलिङमा पत्रकार सम्मेलन बोलाएर गोर्खा सेवा सेनाका बिक्रमादि राईले उक्त जानकारी गराएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै बिक्रमादि राईले गोर्खा सेवा सेनाले राजनैतिक विषयमा चासो राख्दै कार्यहरु गर्दै जानेछ अनि जातिलाई बचाउन अभियान नै थाल्नेछ। यसै परिप्रेक्ष्यमा आगामी १० सेप्टेम्बरदेखि नेहुर खोलाको इन्टेकमा जनभेला बोलाएर माटो बचाऊ अभियान शुरु गर्ने बताएका छन्। उनले यस विषयमा भने, इन्टेकमा हामीले गर्ने जनभेला गाड़ी भाँड़ा र मासु भात दिएर बोलाउने होइन तर जातिलाई माया गर्ने र जातीय संकट बुझेर जातिलाई बचाउन चाहानेहरू उक्त दिन उपस्थित हुन सक्ने भन्दै सबैलाई उपस्थितिको लागि आह्वान् गरेका छन्। राईले उक्त दिन गोर्खा सेवा सेनाको औचित्य र भावी कार्य योजनाहरू विषयमा स्पष्ट रूपमा जानकारी गराउने साथै बताउँदै यस्तो जनभेला भविष्यमा अन्य स्थानहरू जस्तै – बालासनको बगर, त्रिवेणी, जामुने, बिजनबारीतिर पनि आयोजना गर्ने भएको बताएका छन्। उनले भने, गोर्खा सेवा सेनाले सबै चियाबारीहरूका माटो र अस्तित्व बचाउन चासो राख्नेछ। पहाड़का चियाबारीका जमीनमा ५ डेसीमलको कुरा मात्रै छैन तर चियाबारीबाहेक अन्य जमीनहरू पनि खतरा छ। तर जमीनभन्दा ठूलो सम्पत्ति अरू केही हुँदैन। अहिले जीटीएले ५ डेसीमल जमीनलाई फिर्ता लिएको छ तर भविष्यमा फेरि लागु गर्नसक्छ कारण नोटिफिकेशनमा समयसीमा तोकिएको छैन। त्यसैले हाम्रो सामुहिक विरोध जारी राख्नुपर्छ। नत्र फेरि हाम्रो विरोध कमजोर भए लागु गराउन सक्छ।’
उनले अघि भने, ‘हामी बजारमा राजनैतिक भीड़ देखाउन चासो राख्दैनौं तर हाम्रो भीड़ माटोको लागि हुनेछ। हामी कोलकोता र दिल्लीलाई यति बेसी हाम्रो पक्षका छन् भनेर भन्न चासो राख्दैनौं तर माटोको माया गर्नेहरू यति छ भनेर देखाउन चाहान्छौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement