एसपीजी-का डाइरेक्टर अरुण कुमार सिन्हा पन्चतत्वमा बिलिन

sgp-singh.jpg

नयाँ दिल्ली: स्पेशल प्रोटेक्सन फोर्स (एसपीजी)-का डाइरेक्टर अरुण कुमार सिन्हा पन्चतत्वमा बिलिन भएको छ। तिनले गुरुग्रामको मेदान्ता अस्पतालमा अन्तिम श्वास फेरे। एसपीजी-ले देशको प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी वहन गर्दछ। अरुण कुमार सिन्हा १९८८-को केरल क्याडरका आईपीएस अधिकारी थिए। तिनी २०१६ देखि एसपीजी चिफ-को पदमा तैनाथ थिए। तिनलाई फोक्सोमा असुविधा भएपछि गत ४ सेप्टेम्बरको दिन मेदान्ता अस्पतालमा भर्ना गराइएको थियो। उपचाराधिन अवस्थामा नै आज बिहान तिनले अन्तिम श्वास फेरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement