सिलगढीमा डाँका गिरोहका ५ जना पक्राउ, अदालतमा पेश

db20231d-965f-40f7-8784-7355aa7f5056

सिलगढी: सिलगढी पुलिस स्टेशनको पुलिसले सिलगढीको उत्तर भारत नगर क्षेत्रबाट ५ जनालाई डकैतीको उद्देश्यले भेला गरेको आरोपमा पक्राउ गरेको छ। उनलाई बुधबार सिलगढी अदालतमा पेश गरिएको थियो। उत्तर भरतनगरको रेलमार्ग छेउछाउको क्षेत्रमा लुटपाट गर्ने उद्देश्यले धेरै मानिस भेला भएको गोप्य श्रोतबाट पुलिसले गएराति सूचना पाएको थियो। सोही क्रममा पुलिसले उक्त क्षेत्रमा छापा मारेको थियो। तर पुलिसको गाडी देखेर केही व्यक्तिहरू घटनास्थलबाट भागेका थिए भने ५ जनालाई पुलिसले नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट पुलिसले लुटपाटमा प्रयोग भएका विभिन्न सामग्री बरामद गरेको छ। अभियुक्तमा रञ्जन साहनी, असीम विश्वास, कृष्ण साहनी, जयन्त महन्त, तपस महन्त रहेका छन्। उनलाई बुधबार सिलगढी अदालतमा पेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement