विश्व हिन्दू परिषद्को तर्फबाट श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष र्‍याली

8c9224be-1076-4e0a-8c3e-f283929eab4b

कुचबिहार: भगवान कृष्णको जन्माष्टमी कुचबिहारमा हर्षोल्लासका साथ मनाइँदैछ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा विश्व हिन्दू परिषदले विशेष र्‍यालीको आयोजना गरेको छ। आज यो र्‍याली रास मेला मैदानबाट शुरु भएको हो। उक्त र्‍यालीमा सनातन धर्मका हजारौं अनुयायीहरूको सहभागिता रहेको थियो। कुचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन डे यस र्‍यालीमा सहभागी भए। यो र्‍यालीले कुचबिहार सहरका विभिन्न गल्लीहरूमा परिक्रमा गरी सनातन धर्मको प्रचारका साथसाथै आम जनतामाझ श्रीकृष्णका विभिन्न सन्देशहरू फैलाउँछ।

About Author

Advertisement