नक्सलबारी: ट्रेनको चपेटमा परेर एकजना युवकको मृत्यु भएको घटना नक्सलबारीको बेंगाई जोत इलाकामा भएको हो। यस घटनामा परेर ज्यान गुमाउने मृतकका नाम विश्वनाथ राय बताइएको छ। तिनी नक्सलबारीको ढकना जोत निवासी थिए।
प्राप्त जानकारी अनुसार , हिज मंगलवार राति सिलगढीदेखि कोलकता जाने ट्रेनको चपेटमा परेर उक्त युवकको मृत्यु भएको थियो। ट्रेन छुटेपछि स्थानीय मानिसहरूले रेलवे लाइनको किनारमा एउटा स्कूटी देखे। यसपछि युवकका शव देखे। यसपछि घटनाबारे पुलिसला सूचना दिए। जानकारी पाएपछि नक्सलबारी पुलिस र रेलवे पुलिस घटनास्थलमा आइपुगेर शवलाई उद्धार गर्नको साथै शवलाई पोस्टमार्टमको लागि पठाइदिए। अर्कोतिर, पुलिसले मामिलाको जाँच गरिरहेको छ।