६ सेप्टेम्बरः स्पिनर बलर मिचेल सेण्टनरले मंगलवार राति टी२० इण्टरनेशनल क्रिकेटमा १०० विकेट पूरा गरे अनि यस उपलब्धिलाई हासिल गर्ने उनी न्यूजील्याण्डका तेस्रो खेलाड़ी बने। ईंग्ल्याण्ड विरुद्ध खेलिएको चौथो टी२०आई म्याचमा उनले यस विशेष उपलब्धिलाई हासिल गरे। म्याचमा सेण्टनरले ४ ओभरमा ३० रन खर्च गरी जनी बेयरस्टो, डेविड मलान र मोईन अलीको महत्त्वपूर्ण विकेट हासिल गरे। उनलाई प्लेयर अव् द म्याच पनि चयन गरियो। सेण्टनरले अहिलेसम्म ९० वटा टी२०आई म्याचमा २२.०६-को औसतले १०० विकेट हासिल गरेका छन्। न्यूजील्याण्डको तर्फबाट टी२०आई क्रिकेटमा सर्वाधिक विकेट हासिल गर्ने बलरहरूमा सूचीमा उनी अहिले कप्तान टिम साउदी (१४४ विकेट) र ईश सोढ़ी (१२६ विकेट) भन्दा पछि रहेका छन्।

समग्रमा टी२०आई क्रिकेटमा १०० विकेट हासिल गर्ने सेण्टनर आठौं बलर हुन्। नटिंघमको ट्रेण्ट ब्रीजमा खेलिएको म्याचमा न्यूजील्याण्डले ईंग्ल्याण्डलाई ६ विकेटले पराजित गऱ्यो। टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनायो। जनी बेयरस्टोले सर्वाधिक 73 रन (४१ बल, ५ वटा चौका र ६ वटा छक्का) बनाए। जवाफमा न्यूजील्याण्डले १७.२ ओभरमै १७९ रन (४ विकेट) बनाएर म्याच जित्यो। न्यूजील्याण्डको तर्फबाट टिम सीफर्टले ४८, ग्लेन फिलिप्सले ४२ र मार्क चापम्यानले अविजित ४० रन बनाए। यस जीतको साथै न्यूजील्याण्डले ५ वटा म्याचको सीरीजमा २-२-को बराबरी हासिल गऱ्यो।