जिल कोरोना पोजिटिभ, अमेरिकाका राष्ट्रपति बाइडनको भारत यात्रा अनिश्चित

00-1-Jill-Biden

वाशिङ्गटन: अमेरिकाकी प्रथम महिला जिल बाइडनको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। व्हाइट हाउसले सोमवार जिलमा कोरोनाको हल्का लक्षण पाइएको जानकारी गराएको छ। राष्ट्रपति बाइडनको रिपोर्ट भने नेगेटिभ आएको छ। राष्ट्रपति बाइडनकी ७२ वर्षीय पत्नी अन्तिमपल्ट गत वर्ष अगस्तमा कोभिड संक्रमित बनेकी थिइन्। राष्ट्रपति बाइडन पनि अन्तिमपल्ट जुलाई २०२२ मा कोरोना संक्रमित बनेका थिए। मिडिया रिपोर्टमा दुवैको कोरोनाको विवरण दिॅंदै यस कारण अमेरिकी राष्ट्रपति जो बाइडनको जी-२० शिखर सम्मेलनको निम्ति नयॉं दिल्ली जाने कार्यक्रम अनिश्चित बनेको बताइएको छ। यद्यपि, यस विषयमा अहिले व्हाइट हाउसको कुनै प्रतिक्रिया अघि आएको छैन। उल्लेखनीय छ, यस अघि बाइडनले भारतको यात्रालाई लिएर आफु उत्सुक रहेको बताएका थिए। व्हाइट हाउसले शुक्रवार बाइडन जी-२० शिखर सम्मेलनमा सामेल हुन ७ सेप्टेम्बरमा भारत जाने घोषणा गरेको थियो। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *