ट्रेकिङ अभियान आयोजित

IMG_20220710_223744.jpg

गान्तोक: देशको आजादीको ७५औं वर्षगॉंठको अवसरमा ‘आजादीको अमृत महोत्सव’ अन्तर्गत हिमवीर वाइव्स वेलफेयर एसोसिएशन (हावा), १३औं वाहिनी भारत तिब्बत सीमा पुलिसले वाहिनी मुख्यालयदेखि रे गुम्पासम्म ट्रेकिङ अभियान आयोजन गऱ्यो। यस अभियानमा वाहिनीका सबै हावा सदस्यहरू र नानीहरू उत्साहका साथ भाग लिए।

१३औं वाहिनीका सेनानी चन्दन सिंह भण्डारीले आज यो ट्रेकिङ अभियान केन्द्रिय हावा कार्यालय नयॉं दिल्लीको मार्गदर्शनमा आजादीको अमृत महोत्सव मनाउने क्रममा आयोजन गरिएको बताए। उनले स्वच्छता र स्वास्थ्यप्रति स्थानीय महिलाहरू, युवाहरू र नानीहरूलाई जागरूक गर्ने उद्देश्यका साथ पनि यो अभियान आयोजन गरिएको बताए।

उनले भने, सुरक्षा बलका जवानहरूको परिवारमा आमाको भूमिका र जिम्मेवारी अझ महत्वपूर्ण छ। किनकि, हाम्रा जवानहरू परिवारलाई धेरै समय दिन सक्दैनन्। जब नारी शिक्षित हुन्छन् भने सारा पीढी शिक्षित बन्छन्। समाजको उन्नति त्यस समाजका महिलाहरूको उन्नतिले निश्चित हुन्छ। उनले यो सबै स्वस्थ रहे मात्र सम्भव रहेको बताउॅंदै हामी स्वस्थ रहनुपर्छ र स्वस्थ रहनलाई प्रत्येक दिन कम्तिमा ४० मिनट व्यायाम, योगहरु गर्नु आवश्यक रहेको बताए।

About Author

Advertisement