सिक्किमका शिक्षक डा. पूर्ण बहादपर छेत्री राष्ट्रिय शिक्षक पुरस्कारद्वारा पुरस्कृत

IMG-20230906-WA0000.jpg

गान्तोक: शिक्षक दिवसको अवसरमा देशकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको बाहुलीबाट आज देशभरिका कूल ७५ जना शिक्षक शिक्षिकालाई देशको राजधानी नयाँ दिल्लीस्थित विज्ञान भवनमा राष्ट्रिय शिक्षक पुरस्कार २०२३ प्रदान गरियो। पुरस्कृत शिक्षक शिक्षिकाहरूमा सिक्किम राज्यबाट सोरेङ वरिष्ट माध्यामिक विद्यालयका प्राचार्य डा. पूर्णबहादुर छेत्री पनि रहेका छन्। उनी यस वर्ष राष्ट्रिय शिक्षक पुरस्कार प्राप्त गर्ने सिक्किमका एकमात्र शिक्षक हुन्।

मूल रुपमा पूर्व सिक्किमको वेस्ट पाण्डमअन्तर्गत तोरीबारी बाघेखोला निवासी माता धनमाया छेत्री र पिता स्व. मनबहादुर छेत्रीका सुपुत्र डा. पूर्णबहादुर छेत्रीले ओडिसाको भुवनेश्वरस्थित उत्कल विश्वविद्यालबाट विद्यावरधी प्राप्त गरेका हुन् भने प्राथमिक चरणको शिक्षा सिङ्गलेबुङ जुनियर हाइस्कूल र स्यापले सरदारे वरिष्ट माध्यामिक विद्यालबाट प्राप्त गरेका हुन्। यसरी नै नरबाहदुर भण्डारी महाविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर अनि काठमाडौंको त्रिभूवन विश्वविद्यालयबाट बीएड र इन्दिरा गान्धी मुक्त विश्वविद्यालयबाट एमएड गरेका हुन्।

हाल सोरेङ वरिष्ट माध्यामिक विद्यालका प्राचार्य रहेका डा. पूर्णबहादुर छेत्री यस अघि दरमदिनको कृपासल्यान वरिष्ट माध्यामिक विद्यालयका प्राचार्य रहेका थिए। क्षिक्षाको छेत्रमा उनको महत्वपूर्ण योगदानको कदर गर्दै भारत सरकारले वर्ष २०२३ को राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement