मुम्बई फिन्टेक मेलामा सिक्किमको सहभागिता

IMG-20230906-WA0001.jpg

गान्तोक: ग्लोबल फिन्टेक फेस्ट (२०२३) को चौथो संस्करण, आज मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित गरियो। जसमा सबै प्रमुख उद्योगका प्रमुखहरु उद्यमीहरू, लगानीकर्ताहरू र विश्वभरका व्यवसायीहरु सहभागी छन्। जहाँ विचार आदानप्रदान गर्न अवसरहरू, अन्वेषण गर्न, र वित्तीय प्रविधिमा सहयोग बढाउने विषयमा चर्चा हुनेछ। ग्लोबल फिन्टेक फेस्ट सबैभन्दा ठूलो फिनटेक सम्मेलन हो, जुन संयुक्त रूपमा भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा आयोजित गरिएको छ। विगत तीन वर्षहरूमा यसको विस्तार भएको छ। आज पहिलो दिन केन्द्रीय वित्त मंत्री निर्मला सीतारमणले सिक्किम सरकारद्वारा राखिएको स्टलको भ्रमण गरे, जसले आफ्नो जैविक उत्पादहरु प्रदर्शनी गरेको थियो। , जसमा प्रमुख ‘मेरो रुख मेरो सन्तती’ पहल र सिक्किम परिवर्तन पर्व समावेश छ। वित्त मन्त्रीको भ्रमणको क्रममा स्टलमा उपस्थित सिक्किमको टोलीमा वन विभागीय अधिकारी क्षितिज सक्सेना, राजेन्द्र शर्मा र अनिल प्रधान शामेल थिए। तीन दिने प्रदर्शनीमा स्थापित फिनटेक कम्पनीहरू, उदीयमान स्टार्टअपहरू, भेन्चर क्यापिटल फर्महरू, वित्तीय संस्थाहरूको सहभागिता रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *