सिलगढी: सिलगढीबाट बागडोगरा जाने बाटोमा शिवमन्दिर क्षेत्रमा रहेको फ्लाईओभरमा स्कुटीले पछाडिबाट स्कुल बसलाई ठक्कर दिएको छ। स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतक स्कुटी चालकको नाम सुब्रत ऐच रहेको बताइएको छ। उनी श्री कालोनीका बासिन्दा हुन्।

घटनाको जानकारी पाएलगत्तै बागडोग्रा ट्राफिक गार्डका प्रहरी घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थालेका छन्।