सिलगढी: गत ५ वर्षदेखि ससुरालीबाट निखोज भएकी थिइन। अन्ततः ‘दिदी के बलो’ मार्फत् फोन गरेपछि सो महिलालाई उद्धार गरेको छ। तर घटनाको सत्यता थाहापछि परिवारका सदस्यहरू अचम्भित बनेका छन्। प्राप्त जानकारी अनुसार २०१९ सालमा सो महिला निखोज भएकी थिइन्। सिलगढीको एनजेपी थाना अन्तर्गत शान्तिनगर निवासी सो महिला निखोज भएपछि तिनको भाइले जुलाई महिनामा ‘दिदी के बलो’-मा अभियोग गरेपछि जाँचमा जुटेका एनजेपी थाना पुलिसले सो महिलालाई उद्धार गरेको छ। उक्त महिलाले लोग्ने तथा नानीलाई छोडेर ससुरालीबाट भागेर अन्य एकजना व्यक्तिसित बिहे गरेर नदियामा संसार चलाइरहेकी थिइन्। तिनको एउटा सन्तान पनि रहेको छ। ब्याङ्क एकाउन्टको माध्यमद्वारा पुलिसले हिजो नदियाबाट सो महिलालाई उद्धार गरेपछि सिलगढी ल्याइएको बताइएको छ।