तुतिस सेभेन क्वार्टर फाइनलमा

photocollage_20239521617140.jpg

५ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा तुतिस सेभेनले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा मंगलवार भएको म्याचमा तुतिस सेभेनले आयुष सेभेनलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका फरवर्ड प्रबीक घिसिंगलाई प्लेयर अव् द म्याच चयन गरियो । टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement