एसडीएफद्वारा जिल्लापाल ठटाल विरूद्ध शिकायत दर्ता

img_1_1693940523814.jpg

गान्तोकः विपक्षी एसडीएफ पार्टीले सोरेङ जिल्लाका जिल्लापाल एवं रिटर्निङ अफिसर भीम ठटाल विरूद्ध सीईओ सिक्किम र सीईसी, इलेक्शन कमिशन अफ् इण्डियामा शिकायत दर्ता गरेको छ। एसडीएफले जिल्लापाल ठटालमाथि बुथ स्तरीय एजेन्टहरूको निम्ति आयोजित बैठकमा एसडीएफलाई नबोलाएको आरोप लगाएको छ।

एसडीएफ पार्टीले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत ११ अगस्तको दिन बुथ स्तरीय एजेन्टहरूको नियुक्तिको निम्ति आयोजित बैठकमा जिल्लापाल एवं रिटर्निङ अफिसर भीम ठटालले एसडीएफ पार्टीलाई नबोलाएको आरोप लगाएको छ। संयोगवश एसडीएफ पार्टीका उपाध्यक्ष एडी सुब्बा सोही दिन जिल्लापाल कार्यालय पुगेको र उनले मौखिकरूपमा विरोध जनाएको बताइएको छ।

बैठक सम्बन्धित पत्र त्यस समय मात्र सुब्बालाई प्रदान गरिएको, जसपछि उनी बैठकमा सहभागी बनेको एसडीएफले विज्ञप्तिमा जनाएको छ। यद्यपि, बैठकमा अन्य राजनीतिक दलका सदस्यहरूलाई अगावै जानकारी गराइसकेको पनि दाबी गरिएको छ।एसडीएफले यसलाई रिटर्निङ अफिसरद्वारा आचार संहितको उल्लंघन ठहर गर्दै सीईओ सिक्किम र सीईसी, इलेक्शन अमिशन अफ् इण्डियामा शिकायत गर्दै तत्काल उपचारात्मक कारबाहीको माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement