५ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको आयोजनमा गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्ट २०२३ आजदेखि शुरु भयो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा मंगलवार भएको उद्घाटन म्याचमा मंगपूको बण्टी इलेभेनले मल्ली स्पोर्टिंग क्लबलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा बण्टी इलेभेनबाट रेशान्त थापाले २ गोल गरे। यसरी मल्ली स्पोर्टिंग क्लबबाट वांगदी लेप्चा र राजकुमार थापाले गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जर्जियन एफसी च्याम्पियन भएको थियो।