खरसाङ: खरसाङमा जन्मिएका वर्तमानमा सिलगढ़ीको मतिगढ़ामा रहेका रौनक चौरसियाले विद्यावारिधी हासिल गरेका छन्। रुपनारायण चौरसिया र स्व. मीना देविका कान्छो छोरा रौनक चौरसियाले खरसाङको सेन्ट एन्थोनी स्कूल र हिमाली बोर्डिङ स्कूलबाट आफ्नो विद्यालयीय शिक्षा पूरा गरेका थिए। उनले उत्तर बंगाल विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा स्नातक र स्नातकोत्तर गरेका थिए। उनले बीएससी अनि एमएससीमा विश्वविद्यालयमा प्रथम दर्जामा उत्तीर्ण गरेर स्वर्ण पदक प्राप्त गरेका थिए। रौनकले २०१७ मा ग्र्याज्युट एप्टिट्युड टेस्न इञ्जीनियरिङ जीव विज्ञानमा जीएटीई अनि २०२२ मा सीएसआईआर नेट परिक्षा उत्तीर्ण गरेका थिए। उनलाई उनको डाक्टरेट अध्ययनको क्रममा उत्कृष्ट प्रदर्शन र उपलब्धिहरूको मान्यता दिँदै उत्कृष्टता पुरस्कार २०२१ बाट सम्मानित गरिएको थियो। उनको अधिनमा वर्तमानमा २४ प्रकाशनहरू छन्। उनले आफ्नो पीएचडी जैव संसाधन र दिगो विकास संस्थान क्षेत्रीय केन्द्र सिक्किम र केआईआईटी भुवनेश्वर ओडिशाको विश्वविद्यालयबाट राष्ट्रिय कृषि खाद्य जैव प्रद्योगिकी संस्थान वैज्ञानिक डा. अमित कुमार राईको पर्यवेक्षण अनि वनस्पति विभागको सह-प्राध्यपक दीनबन्धु साहूको सह पर्यवेक्षणमा गरेका थिए। रौनकको शोध सिक्किमको हिमालयको खानामा बायोएक्टिभ पेप्टाइड्स समृद्ध किण्वन विकासमा केन्द्रित रहेको छ। १०औँ वार्षिक दीक्षान्त समारोह १९ अगस्तको दिन बिजु पटनायक इन्डोर स्टेडियम, केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा उडिसाका राज्यपाल प्रा. गनेशीलालको उपस्थितिमा सम्पन्न भएको थियो। डा. रौनक चौरसियाले वर्तमानमा पंजाबको मोहालीस्थित राष्ट्रिय कृषि खाद्य जैव प्रद्योगिकी संस्थान एनएबीआईमा सोध कार्य गरिरहेका छन् भनी जानकारी प्राप्त भएको छ।