सिक्किमका १२ जना शिक्षक राज्य शिक्षक पुरस्कार र २५ जना प्रशंसा पत्रद्वारा सम्मानित

si-2

गान्तोकः राष्ट्रिय शिक्षक दिवसको अवसरमा सिक्किमले १२ जना शिक्षकलाई राज्य शिक्षक पुरस्कार र २५ जनालाई प्रशंसा पत्रद्वारा सम्मान जनाएको छ। आज मङ्गलवार गान्तोकको मनन केन्द्रमा आयोजित राज्यस्तरीय शिक्षक दिवस समारोहको अवसरमा मुख्यमन्त्री पीएस तामाङले शिक्षा विभागको पक्षबाट शिक्षकहरूलाई पुरस्कार र प्रशंसा पत्र प्रदान गरे। समारोहमा मुख्यमन्त्रीको साथ शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा, विभिन्न विभागीय मन्त्रीहरू, विधायकगण, सिक्किम सरकारको विभिन्न विभागका अध्यक्ष तथा सल्लाहकारहरू, विभागीय अधिकारी अनि ठूलो सङ्ख्यामा राज्यका विभिन्न स्थानका शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।

यस अवसरमा शिक्षक टुक बहादुर थापा, धर्मेन्द्र कुमार भण्डारी, मोतीमाया सुब्बा, गौरी प्रधान, मन बहादुर छेत्री, सुजाता राई, पुण्य गुरुङ, छेङ्गा छिरिङ लाचुङपा, जेजे लेप्चा, ज्योती शर्मा, कर्मा सोनाम सेङ्गा र उगेन भोटियालाई राज्य शिक्षक पुरस्कार प्रदान गरिएको छ। यसरी नै शिक्षक पासाङ दोर्जी शेर्पा, पेडेन अङ्मु भोटिया, गिता शर्मा, गौरीमान थापा, भाना देवी शर्मा, डिल्लीराम शर्मा, अञ्जना तिवारी, प्रेम कुमार सुब्बा, चन्द्रकला छेत्री, भावना राई, कमल राई, दुर्गा प्रसाद शर्मा, अरुण तामाङ, लाइमान लिम्बू, पेण्डुप लेप्चा, हाङ्गु लेप्चा, सरणदास राई, धिरेन दास, सुस्मा थापा, मरोज सिञ्चुरी, सोनाम देर्जी भोटिया, सितल प्रधान, चुडामणी न्यौपाने, निरुपा राई र वीणादेवी शर्मालाई सरकारले शिक्षण क्षेत्रमा उत्कृष्ठ सेवाका लागि प्रशंसा पत्रद्वारा सम्मानित गरेको छ।

यसै अवसरमा गत वर्ष राष्ट्रिय शिक्षक पुरस्कार प्राप्त गरेकी शिक्षक माला जिग्देल दोर्जी, सिद्धार्थ योञ्जनलाई सरकारले नगद पुरस्कार प्रदान गऱ्यो भने राष्ट्रिय शिक्षक पुरस्कारमा मानित शिक्षक शिक्षकहरूलाई सम्मान जनाइएको छ। जानकारी गराइन्छ, यस वर्ष सिक्किबाट सोरेङ उच्चतर माध्यामिक विद्यालयका प्राचार्य डाक्टर पूर्ण बहादुर छेत्रीले राष्ट्रिय शिक्षक पुरस्कार प्राप्त गरेका छन्। शिक्षा विभागले आज राष्ट्रिय महिला ब्याण्ड प्रतियोगितामा भाग लिएको नाम्ची कन्या उच्चतर माध्यामिक विद्यालय, राष्ट्रिय योग ओलम्पियाडमा सहभागिता जनाएका विद्यार्थी र सीबीएसई बोर्ड परिक्षामा सर्वाधिक अङ्क हासिल गरेका विद्यालयहरूलाई सम्मान जनायो। एसकेएम सरकारले शुरु गरेको अस्थायी शिक्षकलाई स्थायी बनाउने नयाँ नियम अन्तर्गत स्थायी बनेका केही अस्थायी शिक्षकहरूलाई आजकै समारोह अवधि मुख्यमन्त्रीले नोकरीको स्थायी आदेशपत्र हस्तान्तरण गरे।

कार्यक्रममा शिक्षा विभागको एडुकेशन मोनिटेयरिङ एण्ड मेनेजमेन्ट इन्फरमेशन सिस्टम नामक वेब पोर्टल मुख्यमन्त्रीले लोकार्पण गरे भने हिस्से डोमा र प्रवीण सिंहको कफिटेबल बुक र शिक्षा विभागका केही पुस्तक पनि लोकार्पण गरियो। सिक्षक दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चाले सिक्किम सानो राज्य भएर पनि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यले शिक्षा क्षेत्रका विभिन्न योजनालाई सहि ढङ्गमा लागू र कार्यान्वयन गरेका कारण राज्यले उल्लेखनीय प्रगति गरेको बताए। उनले राज्यका शिक्षकहरूलाई शिक्षा क्षेत्रको विकासमा सर्वाधिक महत्त्वका साथ काम गरिदिन आग्रह गरे। सिक्किम शिक्षक संघका अध्यक्षले सम्पूर्ण शिक्षकहरूको पक्षबाट बोल्दै सरकारले शिक्षकहरूको आवासीय सुविधालाई ध्यानमा राखेर सिक्किम राज्य ब्याङबाट विशेष छुट दरको हाउजिङ लोन व्यवस्था गरिदिनुपर्ने, परिवारमा मरौ परेको अवस्थामा शिक्षकहरूलाई कम से कम १५ दिनको शोक विदा दिनुपर्ने, सेवारत शिक्षकहरूलाई बीएड र पीएचडी गर्दा पूर्ण वेतन दिनुपर्ने, पीपीटी, पीआरटी र जीटीका लागि पनि इनसर्विस प्रमोसनको सुविधा दिनुपर्ने माग सरकार समक्ष राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement