जेयूको अन्तरिम जाँच समितिले चार छात्रहरूलाई रस्टिकेट गर्ने र छह पूर्व छात्रहरू विरूद्ध प्राथमिकी गर्ने सिफारिश

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्यु मामिलाको जाँच गरिरहेको विश्वविद्यालयको अन्तरिम जाँच समितिले वर्तमान चार छात्रहरूलाई तुरन्तै रस्टिकेट गर्ने सिफारिश गरेको छ। यसका साथै छह पूर्व छात्रहरू विरूद्ध प्राथमिकी दर्ता गर्ने सिफारिश गरिएको छ। मंगलवार जाँच समितिले अन्तरिम कुलपतिलाई आफ्नो रिपोर्ट सुम्पेको छ। गत ९ अगस्तमा भएको घटनाको २९ दिनपछि यो जाँच रिपोर्ट सुम्पिएको छ। यसमा स्पष्ट गरिएको छ, विश्वविद्यालयको होस्टलमा नयाँ छात्रहरूलाई लगातार प्रताड़ित गरिन्दै आइएको छ। ऱ्यागिङ चरममा छ, जसमा वर्तमान छात्रहरू र पूर्व छात्रहरूको एक नेक्ससले काम गरिरहेछ। आफ्नो रिपोर्टमा समितिले भनेको छ, छह पूर्व छात्र जो विश्वविद्यालयको होस्टलहरूमा नियमहरू विपरीत बसिरहेका छन्, उनीहरू विरूद्ध तत्काल प्राथमिकी दर्ता गराइनुपर्छ। यस बाहेक २५ पूर्व छात्र जो अहिले होस्टलमा बस्छन्, उनीहरूलाई तत्काल बाहिर गरिनुपर्छ। यस सिफारिशको आधारमा विश्वविद्यालय प्रबन्धनले अघिको कारबागी गर्न गइऱहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement