बंगाल सरकारले तत्काल छात्र संघ चुनाउ गराउनपर्नेछ- हाईकोर्ट

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः कलकत्ता हाईकोर्टले मंगलवार राज्यका धेरै विश्वविद्यालयमा छात्र संघ चुनाउ नहुनुलाई लिएर आश्चर्य व्यक्त गरेको छ। कोर्टले राज्य सरकारलाई निर्देश दिँदै बिना कुनै ढिलाईको सबै विश्वविद्यालयहरूमा छात्र संघ चुनाउ गराउनपर्नेछ भन्यो। यसका साथै कोर्टले विश्वविद्यालयहरूमा एन्टी ऱ्यागिङ नियमावली तत्काल लागू गर्ने आदेश दिएको छ। मुख्य न्यायाधीश टीएस शिवगणनमको खण्डपीठमा मङ्गलवार यस सम्बन्धमा सुनवाई भयो।

कोर्टले भन्यो, शिक्षा प्रतिष्ठानहरूमा छात्र संघ चुनाउ नहुनु दुर्भाग्यजनक हो। यसलाई तत्काल सम्पन्न गराइयोस्। एन्टी ऱ्यागिङ नियमावलीलाई लागू गर्दै सबै विश्वविद्यालयहरूमा ऱ्यागिङ रोकथाम समितिको गठन गर्नपर्नेछ। जहाँ छ, त्यहाँ ठीक छ, जहाँ छैन त्यहाँ तत्काल यस्तो समितिको गठन होस्।

उल्लेख्य, जादवपुर विश्वविद्यालयमा एक छात्रको मृत्यु भएदेखि विश्वविद्यालयमा छात्र संघ चुनाउको आवश्यकता र एन्टी ऱ्यागिङ समितिको गठनको मागमा एक याचिका हाईकोर्टमा लगाइएको थियो। यसमा मंगलवार सुनवाई भयो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement