कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका प्रवक्त कुणाल घोषलाई कलकत्ता हाईकोर्टले विदेश जाने अनुमति दिएको छ। मंगलवार न्यायमूर्ति जयमाल्य बागचीले भने, विदेश जानु कसैको पनि मौलिक अधिकार हो। यसैले कुणाल घोषलाई पनि विदेश जानदेखि रोक्न मिल्दैन। उनले केन्द्रिय एजेन्सीहरूलाई कुणाल घोषको पासपोर्ट फिर्ता गर्ने निर्देश दिएका छन्।
वस्तुतः उनी मुख्यमन्त्री ममता ब्यानर्जीको साथ १२ देखि २३ सेप्टेम्बरसम्म स्पेन र दुबई यात्रामा जान चाहन्छन्। केन्द्रिय एजेन्सीले कोर्टमा भनेको थियो, उनी चिटफण्ड मामिलामा जमानतमा छन् यसैले उनलाई विदेश जाने अनुमति दिन मिल्दैन जसलाई लिएर कोर्टले आखिर जब उनी जमानतमा बाहिर लामो समयदेखि छन् भने विदेश जानदेखि किन रोक्नु भनी भन्यो। कोर्टले यसबारे लिखितिमा केन्द्रिय एजेन्सीबाट जवाफ मागेको थियो तर सीबीआई अथवा ईडीका अधिकारी जवाफ दिनमा असफल रहे। यसपछि मंगलवार कोर्टले उनलाई विदेश जाने अनुमति दियो।
-हिस