२४ घण्टाभित्र जेयू छात्रावासबाट पूर्व छात्रहरूलाई हटाइयोस्- हाईकोर्ट

00-1-Rajya-Samachar-2

कोलकाताः कलकत्ता उच्च न्यायालयले मङ्गलवार आफ्नो एक महत्वपूर्ण आदेशमा जादवपुर विश्वविद्यालयलाई पूर्व छात्रहरूलाई २४ घण्टाभित्र छात्रावासको कमरा खाली गर्नु भन्नु भनेको छ। हाईकोर्टले भन्यो, विश्वविद्यालय अधिकारीहरूले यस आदेशमा कारबाही गर्नपर्नेछ। मुख्य न्यायाधीश टीएस शिवगणनमले मङ्गलवार भने, अधिकारीले होस्टलको हरेक कमरामा गएर उनीहरूलाई कमरा खाली गर्नलाई भनुन्। छात्रहरूलाई २४ घण्टाभित्र होस्टल खाली गर्ने जानकारी दिनपर्नेछ।

तृणमूल छात्र परिषदका नेता सुदीप राहाले जादवपुर विरूद्ध जनहित मामिला दर्ता गरेका थिए। त्यस मामिलामा कोर्टले यो आदेश दिएको छ। उल्लेख्य, विश्वविद्यालयमा ०९ अगस्त राति तेस्रो तलाको बालकनीबाट झरेर प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको मृत्यु भएको थियो। यस मामिलामा ऱ्यागिङको आरोपमा पूर्व छात्रहरू सहित १३ जनालाई पक्राउ गरिएको छ। आरोप अनुसार, पूर्व छात्रहरूले नै ऱ्यागिङको योजना बनाएका थिए, जसलाई लिएर हाईकोर्टले यो महत्वपूर्ण आदेश दिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement