कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा लगातार वर्षाका कारण तापक्रममा हल्का ह्रास रेकर्ड गरिएको छ। कोलकातामा गत २४ घण्टामा १८.२ मिलीमिटर वर्षा रेकर्ड गरिएको छ। यस कारण न्यूनतम तापक्रम २६.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३०.६ डिग्री सेल्सियस रहेको छ, जुन सामान्यभन्दा दुई डिग्री कम हो। गत शुक्रवारदेखि निरन्तर पानी परिरहेको छ र यो क्रम आगामी मंगलवारसम्म जारी रहनेछ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि लगातार पानी परिरहेको छ। धेरै ठाउॅंहरू जलमग्न बनेका छन्। उत्तर बंगालको अलिपुरद्वार, कुचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि निरन्तर पानी परिरहेको छ।
-हिस