दार्जिलिङ: दार्जिलिङ पुलबजार खण्ड अन्तर्गत सिङताममा पक्की बाटोको शिलान्यास कार्यक्रममा बोल्दै जीटीए चिफ् अनित थापाले भने, “पहाडलाई कुविचारले लखेट्दैछ। हामी कुविचार होइन सुविचारको पछि दगुर्नुपर्छ। जुन दिन पहाडमा सुविचार स्थापना हुन्छ कसैले पनि दुःख पाउँदैन।”
६.५ किलो मिटर लामो बाटोको शिलान्यास कार्यक्रम रहेको थियो। बाटोले चापबोटे अनि छत्तीवान धुरालाई जोड्नेछ।
हामी गुणात्मक कामको विषयमा कुनै सम्झौता गर्दैनौ भन्दै थापाले भने, “पञ्चायत चुनाव समय यो क्षेत्रको दुःख महसुस गरेको थिए। चुनाव पश्चात यहाँको बाटो बनाउनेछु भनेर वचन दिएको थिए। चुनावपछि फर्केर आउँदैन भन्थे। तर म आज फर्केर आएको छु। बाटोको शिलान्याससम्म भयो। पहिला पहिला सरदार अनि इन्जिनियरहरुलाई धेरै इज्जत दिइन्थ्यो। आजकल उनीहरूलाई धेरै गाली गरेको देख्छु। बाटो त आयो अब गाउँलेहरूले पनि कामको गुणवत्ता हेर्नु पर्छ। बाटोको काम राम्रो भएन भने इन्जिनियरहरुलाई गुनासाे पोखाउनु होस। तर बाटो पनि, पैसा पनि चाहिँ हुँदैन। हामी गुणात्मक कामको विषयमा कुनै सम्झौता गर्दैनौ। गाउँवासीले मेरो बाटो भनेर बाटोको काम हेर्नुपर्छ। यो बाटो हामीले कर तिरेको पैसाले बनिएको बाटो हो। सबैले आफ्नो जिम्मेवारी बोकेर काम गर्नुहोस्।”
जीटीएले गरेको विकाशको पहलहरु को उल्लेख गर्दै उनले भने, “जहाँ जहाँ कुनै विकास नै भएको छैन, त्यहाँ त्यहाँबाट हामीले काम गर्नु सुरु गरेका छौ। हामी विकास देखि वञ्चित छौ। भोट आफ्नो आफ्नो ठाउँमा छ तर जजसले विकास ल्याउँछ सबैलाई विकाशको काम गर्नु दिनु पर्छ। १०२ वटा ग्राम पञ्चायत अनि 8 वटा पञ्चायत समितिमा बीजीपिएमको दखल छ। अब बिस्तारै पहाडको मुहार बदलिने छ।”

बीजीपिएमको सोच अनि विचारलाई जनताले स्वीकार गरिसकेका छन्। अब हामीले हाम्रो विचारलाई निरन्तरता दिनु पर्छ भन्दै उनले भने, “हामी सुविचारको विजारोपण गर्ने काम गर्छौ। विकास भन्दा महत्वपूर्ण विचार हो। सुविचार रोप्दै गयौं भने भावी पिडीले पनि त्यो सुविचारलाई अघि लिएर जान्छ। जुन दिन पहाडमा सुविचार स्थापना हुन्छ कसैले पनि दुःख पाउँदैन। हामीलाई कुविचारले पनि लखेट्दैछ। कुविचार होइन सुविचारको पछि लाग्नु पर्छ।”