खरसाङ: पश्चिम बंगाल सरकारको श्रम विभागको आयोजनामा खरसाङको महानदीदेखि केही पर घुम्ती चियाबारीमा आँखा जाँच शिविर सम्पन्न भएको छ। सरकारको ‘चोखेर आलो’ नामक अभियान अन्तर्गत घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको छ। उक्त शिविरमा श्रम विभागको विभागीय अधिकारीहरू क्रमैले संयुक्त श्रम आयुक्त पार्थ चक्रवर्ती, उप श्रम आयुक्त सुजय माझी, सह श्रम आयुक्तहरू क्रमैले युडेन लेप्चा, भवानी विस्वास, प्रणय विस्वास र उप वेलफेयर आयुक्त एस विस्वास आदिको उपस्थिति रहेको थियो। यस आँखा जाँच शिविरमा आँखा रोग विशेषज्ञहरू क्रमैले खरसाङ महकुमा अस्पतालको डाक्टर रहिम मजिल, डा. महतो, डा. इमानदास आदिको उपस्थिति रहेका थिए। उक्त आँखा जाँच शिविरमा गाउँलेहरू र महानदी उप स्वस्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू, आशाकर्मीहरूले सहयोग गरेका थिए। उक्त आँखा जाँच शिविरमा तीनधारे, सिविटार, महानदी, घुम्ती, जंगपाना लगायत वरिपरिका मानिसहरु आएर लाभ उठाएका थिए। उक्त शिविरमा जम्मा २२७ जनाले आँखा जाँच गराएका थिए। यस अवसरमा नि:शुल्क चश्माहरू पनि वितरण गरिएको थियो। उक्त आँखा जाँच शिविर विषयमा स्थानीय प्रवीण दर्नालले विस्तृत रूपमा जानकारी गराएका छन्।