भागोप्रमोको स्थापना दिवसलाई लिएर खरसाङ महकुमा समितिको सभा सम्पन्न

IMG-20230905-WA0255.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभा पार्टी कार्यालयमा सम्पन्न भएको छ। आगामी ९ सेप्टेम्बरको दिन कालेबुङमा पालन गरिने भागोप्रमोको स्थापना दिवसलाई लिएर उक्त सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई मनोनित सभासद साथै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाईली, खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाले सम्बोधन गरेका थिए। सभामा वक्ताहरूले आगामी ९ सेप्टेम्बरको दिन भागोप्रमोको स्थापना दिवस कालेबुङको मेला ग्राउण्डमा भव्य रूपमा पालन गरिने भएकोले खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टीहरूबाट पनि पार्टीको पदाधिकारीहरू र कार्यकर्ताहरू उपस्थित हुनु पर्ने साथै सबैले पार्टी अध्यक्ष अनित थापाको हात बलियो बनाउन उपस्थित हुने आह्वान् गरेका छन्। यसै सभामा शिक्षक दिवसको अवसरमा नारी शक्तिको केन्द्रीय पदाधिकारी एंव शिक्षिका उषाकिरण तामाङलाई सम्मानित गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो पहिलो स्थापना दिवस दार्जिलिङमा, दोस्रो खरसाङमा र यसपाली तेस्रो स्थापना दिवस कालेबुङमा पालन गर्ने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले कालेबुङमा पालन गरिने भागोप्रमोको स्थापना दिवस कार्यक्रममा खरसाङ क्षेत्रका सबैलाई उपस्थित भईदिने आह्वान् गरेका छन्। उनले पार्टी अध्यक्ष अनित थापाको हात बलियो पार्न साथै पार्टीलाई आफ्नो तर्फबाट योगदान दिनलाई खरसाङ महकुमा क्षेत्रका सबै पदाधिकारीहरू र पार्टी कार्यकर्ताहरूलाई कालेबुङ जाने आह्लान् गरेका छन्। उनले सबैलाई अनुशासनवध्द भएर जाने आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement