बिजनबारी: पाँच डेसीमल जमिनको सर्वे गर्न आएका बिजनबारी ल्याण्ड एन्ड ल्याण्ड रिफर्म कार्यालयका अधिकारीहरुलाई आज चुङथुङ चियाबारी अधिनका लोवर चुङथुङका दुईवटै वार्डवासीहरूले गाँऊभित्र पस्न दिएन। जब सम्म सरकारले रिफ्यूजी र ल्याण्डलेस शब्द हटाँउदैन अनि सम्पूर्ण जमिनको पट्टा पाउँदैन तबसम्म वार्डवासीले विरोध जनाइरहने चिया श्रमिक अनि वार्डवासीहरूको भनाई रहेको छ।

अर्कोतिर वार्डवासीहरूको विरोध पछि यसको रिपोर्ट सम्बन्धित कार्यालयसम्म पठाइने सर्वे दलको भनाई रहेको छ।











