रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको पत्रिका अभेदा लोकार्पित

IMG-20230905-WA0232.jpg

अभेदा प्रकाशनको मुख्य उद्देश्य शान्ति प्रधान गुरुमाको बहुमूल्य योगदानलाई सम्मान गर्नु हो: प्रधान अध्यापिका

खरसाङ: रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय खरसाङको स्कूल म्यागजिन ‘अभेदा’ शिक्षक दिवसको कार्यक्रमबीच लोकार्पण गरिएको छ। सन् १९५६ सालमा स्थापना भएको यस विद्यालयले आज आफ्नो संस्थापिका, पूर्व प्रधान अध्यापिका एंव शिक्षाविद शान्ति प्रधानको सपनालाई साकार बनाउँदै स्कूलको म्यागेजिन ‘अभेदा’ लोकार्पण गरेको छ। रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको प्रकाशन तथा सह शिक्षिका गोमा सुब्बाको प्रमुख सम्पादन र अन्य विभागीय शिक्षिकाहरूका सम्पादनमा साथै प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोको मुख्य संरक्षण र सल्लाहमा उक्त पत्रिका अभेदा प्रकाशित छन्। यस पत्रिकाको डिजाइन र सेटिङ ज्ञानकुञ्ज बुक्स खरसाङद्वारा गरिएको छ।

उक्त म्यागजिनको लोकार्पण प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो, विद्यालय सञ्चालन समितिको सचिव एंव रामकृष्ण वेदान्त आश्रम खरसाङका स्वामी शान्तीनाथ नन्द लगायत प्राथमिक सेक्शनका प्रधान अध्यापिका, पूर्व प्रधान अध्यापिकागण, र पूर्व शिक्षिकागण र अन्यको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त पत्रिकाको लोकार्पणको घोषणा विद्यालय सञ्चालन समितिको सचिव एंव रामकृष्ण वेदान्त आश्रम खरसाङका स्वामी शान्तीनाथ नन्दद्वारा गरिएको छ। उक्त लोकार्पण कार्यक्रमलाई सह शिक्षिका एंव प्रधान सम्पादिका गोमा सुब्बाले सञ्चालन गरेकी थिइन्। उनले सञ्चालन गर्दा अभेदा प्रकाशन र सम्पादन विषयमा जानकारी पनि गराएकी थिइन्। स्कूलको म्यागजिन अभेदा विषयमा प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले विस्तृत रूपमा जानकारी गराउँदै शान्ति प्रधान गुरूमाको सपनालाई साकार पार्दै स्कूलको म्यागेजिन प्रकाशित गर्न सक्षम बनेकोमा खुशी प्रकट गरिन्। उनले यस पत्रिकाले स्कूलको इतिहास लिखित रूपमा राखेको बताउँदै स्कूलको संस्थापकहरू, पूर्व प्रधान अध्यापिकाहरू र पर्व शिक्षिकाहरूलाई पनि भुल्न नहुने बताइन्। उनले यो पत्रिका प्रकाशनको मुख्य उद्देश्य शान्ति प्रधान गुरुमाको बहुमूल्य योगदानलाई सम्मान गर्दै प्रकाशित गरिएको बताएकी छन्। उनले भनिन् – ‘भविष्यमा पनि विद्यार्थीहरू र शिक्षिकाहरूले आफ्नो संस्थापिकाहरू र पूर्वजहरूका सम्मान गर्नुपर्छ। यसरी नै स्कूलको इतिहास बचाउन लिखित रूपमा सकंलन गर्नुपर्छ। यसको लागि पत्रिका प्रकाशन गर्दै जानुपर्छ अनि स्कूलकी संस्थापिका शान्ति प्रधानको बहुमूल्य योगदानलाई बिर्सनु हुँदैन।’

प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले अभेदा प्रकाशन र सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षिका गोमा सुब्बालाई धन्यवाद दिन्दै शल ओढ़ाएर सम्मान गरेकी थिइन्। स्कूलको म्यागजिन अभेदा विषयमा पूर्व प्रधान अध्यापिका साधना विस्वासले पनि वक्तव्य राखेकी थिइन्। स्कूलको म्यागजिन अभेदा लोकार्पण कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रधान अध्यापिका चन्द्रिका थापा यल्मोले विस्तृत रूपमा जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement