खरसाङ: खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व प्रधान अध्यापिका एंव शिक्षाविद् शान्ति प्रधानलाई समर्पित गरेर शिक्षक दिवस पालन गरिएको छ। उक्त कार्यक्रमको शुरुमा श्री श्यामकृष्ण परमहंस र स्वामी विवेकानन्द, डा राधाकृष्णन र शिक्षाविद् शान्ति प्रधानको तस्वीरमा माला अर्पण र धुप दीप प्रज्वलन गरिएको थियो। रामकृष्ण कन्या विद्यालयको संस्थापक, पूर्व प्रधान अध्यापिका एंव शिक्षाविद् शान्ति प्रधानलाई समर्पित गरेर गरिएको उक्त कार्यक्रमलाई विद्यार्थी सुनैना कटुवालले सञ्चालन गरेका थिए।

यसै कार्यक्रममा विद्यालयका प्रधान अध्यापिका, शिक्षिकावर्ग, अशिक्षणकर्मी, पूर्व प्रधान अध्यापिकागण, पूर्व शिक्षिकाहरू सबैलाई विद्यार्थीहरूद्वारा खदार्पण गरी सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी दिपसिका मालेद्वारा सर्वपल्ली डा राधाकृष्णनको जीवनी विषयमा जानकारी गराएका थिइन्। शिक्षक दिवसको अवसरमा आदर्श शिक्षकहरूलाई सम्मान गरिन्छ। त्यसै अनुरूप रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालयले यसपालीको शिक्षक दिवस पूर्ण रूपमा संस्थापक एंव पूर्व प्रधान अध्यापिका शान्ति प्रधानलाई समर्पित गरेर त्यही अनुरुप विद्यार्थीहरूले पनि प्रस्तुति दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले समूह गीत, समूह नृत्य, कविता आदि प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमलाई ‘ट्रिब्युट टु ठूलो गुरूमा’ नाम दिएर कार्यक्रम गरिएको थियो।

यस शिक्षक दिवस कार्यक्रम विषयमा बोल्दै रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले विद्यालयले वर्षेनी शिक्षक दिवस पालन गर्ने गर्छन् चर यसपाली हामीले शिक्षक दिवसलाई हाम्रो ठूलो गुरुमा जो स्कूलको संस्थापक, पूर्व प्रधान अध्यापिका र शिक्षाविदलाई समर्पण गरेर गरिएको बताएकी छन्। उनले भनिन् – ‘शान्ति गुरूमाले जुन कार्य गर्नु भयो। उनको सुकार्यहरू विद्यालयको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ। उनी स्कूलको मात्रै नभएर राष्ट्रीय शिक्षा पुरस्कार प्रापक भएकोले राष्ट्रको नै शिक्षिका थिइन्। उनको बहुमूल्य योगदानको लागि आज हामीले उनलाई समर्पण गरेर शिक्षक दिवस पालन गरेका छौं।’