१० जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को आयोजन गरिनेछ। आउँदो ११ जुलाईदेखि शुरु हुने यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछन् अनि सोमवार हुने उद्घाटन म्याचमा सनराइज ढिपडाँड़ा र माल बजार एफसीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। स्थानीय माल बस्ती खेल मैदानमा हुने यस टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ। गत वर्ष भएको टुर्नामेण्टको पहिलो संस्करणमा सनराइज एससी ढिपडाँड़ा च्याम्पियन बनेको थियो।