५ कक्षाकी छात्रालाई ६८ वर्षीय वृद्धले एक महिनासम्म यौन दुर्व्यवहार गरेको आरोप

5ab36806-e087-4253-bbcb-f00d68b6321d

सिलगढी : सिलगढी विभागको नक्सलबारी, फाँसीदेवापछि यसपटक खरीबारीमा एक नाबालिग बलात्कृत भएकी छन्। घटना नेपाल–भारत सीमामा रहेको रानीगञ्ज पानीशाली ग्राम पञ्चायत क्षेत्रमा भएको हो। सोही क्षेत्रका एक वृद्धले पाँच कक्षाकी छात्रालाई एक महिनासम्म बलात्कार गरेको आरोप लागेको छ। पीडितकी आमाको उजुरीपछि खरिबारी पुलिसले आरोपीलाई सोमबार दिउँसो पक्राउ गरेको हो। उनलाई मङ्गलबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो। आरोपीको नाम सीताराम सिंह (६८) हो। उनीविरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। बालिकाकी आमाले वृद्धले आफ्नी छोरीलाई करिब एक महिनादेखि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन्।

बलात्कारपछि अभियुक्तले पीडितलाई प्रत्येक पटक १० रुपियाँ दिने गरेका थिए। यो कुरा कसैलाई बताएमा वृद्धले बालिकालाई घाँटी थिचेर मार्ने धम्की समेत दिएका थिए। घटना थाहा पाएलगत्तै क्षेत्रमा हंगामा मच्चिएको छ। खरीबारी थानाको पुलिसले बालिकालाई सोमबार दिउँसो स्वास्थ्य परीक्षणका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाएको थियो। पुलिस स्रोतका अनुसार आरोपी विरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आरोपीलाई आज सिलगढी डिभिजनल अदालतमा पठाइएको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement