चानमारी स्पोर्टिङ क्लबले आयोजना गऱ्यो निःशुल्क स्वास्थ्य शिविर

IMG-20220710-WA0214.jpg

गान्तोक: चानमारी स्पोर्टिङ क्लबको पहलमा आज चानमारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो। विशेष गरेर मनिपाल अस्तपालको सहयोगमा आयोजना गरिएको आयोजक समितिका महासचिव छेवाङ नर्बु भोटियाले जानकारी गराए। उनले थप जानकारी गराए अनुसार संस्थाले अहिलेसम्म विभिन्न प्रकारको सामाजिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ। यस क्षेत्रका मानिसहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य जाँच शिविर आयोजना गरिएको उनले थप बताए। चानमारीको नाम बदनाम हुँदै गइरहेको हुनाले यस प्रकारको सामाजिक कार्य शुरू गरेको उनले अवगत गराए।

About Author

Advertisement