५ सेप्टेम्बरः न्यूजील्याण्ड क्रिकेट टीमका कप्तान केन विलियम्सनलाई आईसीसी पुरुष वनडे वर्ल्ड कपको निम्ति १५ सदस्यीय कीवि टीममा सामेल गरिने पुष्टि भएको छ। इण्डियन प्रीमियर लीग (आईपीएल)-को अवधि घुँड़ामा चोट लागेपछि लामो समयसम्म मैदानबाट बाहिर रहने विलियम्सन अहिले भारतमा हुने वर्ल्ड कपको निम्ति तेजीको साथ रिकवरी गरिरहेका छन्। न्यूजील्याण्ड क्रिकेट टीमका मुख्य प्रशिक्षक गेरी स्टीडले बताएअनुसार, केनले आफ्नो पुनर्वासको निम्ति अभूतपूर्व समर्पण गरेका छन्। उनलाई आफू वरिपरि भएका विशेषज्ञहरूबाट पनि मजबूत समर्थन प्राप्त भएको छ। स्टीडले भने, केनले उच्चतम स्टरमा क्रिकेट खेल्नको निम्ति तयारीमा कुनै कमी राखेका छैनन्। उनलाई टीममा चयन गर्ने स्थितिमा पुगेर हामी खुशी छौं। उनी आफै पनि चाँड़ै टीममा फर्किन चाहन्छन्। उनले लामो समयसम्म न्यूजील्याण्डको निम्ति खेल्न सक्नेछन् अनि यो असल कुरा हो। हामी उनको रिकवरीमा सहायता गर्न चाहन्छौं। वर्ल्ड कप कुनै सानो टुर्नामेण्ट होइन। टुर्नामेण्ट शुरु हुन अघि हामी उनको प्रगतिमा लगातार नजर राख्नेछौं। उल्लेखनीय छ, टीमको हिस्सा नभए पनि विलियम्सन न्यूजील्याण्ड टीमसँग ईंग्ल्याण्ड यात्रामा गएका छन्। घुँड़ाको सफल सर्जरीपछि विलियम्सनलाई वर्ल्ड कपमा न्यूजील्याण्डको तर्फबाट पहिलो म्याचबाट नै खेल्न सक्ने आशा रहेको छ। अनुभवी ब्याटरले २०१९ वर्ल्ड कपको फाइनलपछि अहिलेसम्म केवल १२ वटा वनडे म्याच खेलेका छन् तर पनि न्यूजील्याण्ड क्रिकेटलाई उनको योग्यतामाथि पूरा भरोसा छ। न्यूजील्याण्ड क्रिकेट बोर्डले ११ सेप्टेम्बरमा वर्ल्ड कपको निम्ति टीमको घोषणा गर्नेछ।