म्याचको अवधि अभद्र इशारा गरेर फसे गौतम गम्भीर

IMG-20230905-WA0154.jpg

५ सेप्टेम्बरः आफ्नो क्रिकेट करियरको अवधि मैदानमा सदा आक्रामक मिजासमा रहने गौतम गम्भीर खेलबाट सन्न्यास लिएपछि पनि आफ्नो आक्रमकताले गर्दा बारम्बार विवादमा फस्ने गर्छन्। भारत र नेपालबीच सोमवार खेलिएको म्याचको अवधि पनि आफ्नो आक्रमकताले गर्दा उनी फेरि विवादमा फसेका छन्। गम्भीर अहिले एशिया कपको आधिकारिक प्रसारक स्टार स्पोर्ट्सको निम्ति कमेण्ट्री गरिरहेका छन्। वर्षाले गर्दा खेल रोकिएको समय स्टेडियममा कहीँ गइरहेको बेला दर्शकहरूले हूटिंग गर्दा गम्भीरले केही नसोची मिडल फिंगर देखाए। त्यो आपत्तिजनक इशारा क्यामेरामा कैद भएको छ। भीडियो भायरल भएपछि सोशल मीडियामा मानिसहरूले गम्भीरलाई ट्रोल गर्न थाले। क्रिकेटबाट सन्न्यास लिएपछि बीजेपी-को टिकटमा लोकसभा पुग्ने सांसदको आचरणमाथि पनि प्रश्न उठ्न थालेको छ। यस पूरा मामिलामा गम्भीरले पनि सफाई दिएका छन्।
भारतीय पत्रकारहरूसँग कुराकानीको क्रममा गम्भीरले भने, सोशल मीडियामा जे पनि देखाइन्छ, त्यो पूरा सत्य हुँदैन। स्टेडियममा केही पाकिस्तानी समर्थक रहेका थिए, जसले भारत विरोधी नारा लगाइरहेका थिए। भारत र कश्मीरबारे मनपरी बोलिरहेका थिए। यस्तो स्थितिमा कसैलाई पनि रिस उठ्छ अनि मैले पनि त्यस्तो रिएक्शन दिएँ। उल्लेखनीय छ, सोशल मीडियामा भायरल भीडियोमा दर्शकहरूलाई कोहली…कोहली…भनिरहेको सुनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement