जेकेएस टोटोपाड़ा विजयी

IMG-20230905-WA0124.jpg

५ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा जेकेएस टोटोपाड़ाले रोमाञ्चक जीत हासिल गऱ्यो । रामझोड़ा फूटबल मैदानमा सोमवार खेलिएको म्याचमा जेकेएस टोटोपाड़ाले दालमोड़ स्पोर्ट्स एकाडमीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रितेश सन्यासीले १५औं, साहिल राणाले २१औं र केशव मुण्डाले ४०औं मिनटमा गोल गरे। यसरी दालमोड़ स्पोर्ट्स एकाडमीबाट मञ्जिल लामाले ३५औं मिनटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती रह्यो। विजेता टीमका साहिल राणालाई हीरो अव् द म्याच चयन गरियो।

यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement