४ सेप्टेम्बरः वर्षाले बारम्बार वाधा पुऱ्याएको म्याचमा भारतले नेपाललाई डकवर्थ लुइस पद्धतिद्वारा १० विकेटले पराजित गरी एशिया कप क्रिकेट टुर्नामेण्टको सुपर फोर राउण्डमा स्थान बनायो। पल्लेकल इण्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै नेपालको टीम ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो। ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन (९७ बल, ८ वटा चौका) बनाए।

यसबाहेक अलराउण्डर सोमपाल कामीले ५६ बलमा ४८ रन (२ वटा छक्का र एउटा चौका)-को योगदान दिए। कुशल भुर्तेलले २५ बलमा ३८ रनको विध्वंशी ईनिंग्स खेले। उनले ३ वटा चौका र २ वटा छक्का लगाए। भारतीय बलरहरूमा मोहम्मद सिराज र रविन्द्र जडेजाले ३-३ विकेट हासिल गरे। जवाफमा भारतलाई वर्षाले गर्दा २३ ओभरमा १४५ रन बनाउने संशोधित लक्ष्य हासिल भयो अनि भारतले कुनै विकेट नगुमाइ २०.१ ओभरमै १४७ रन बनाएर म्याच जित्यो। कप्तान रोहित शर्माले ५ वटा छक्का र ६ वटा चौकाको साथ ५९ बलमा अविजित ७४ रन बनाए।

यसरी उनका ओपनिंग जोड़ीदार शुभमन गिलले ६२ बलमा ८ वटा चौका र एउटा छक्काको साथ अविजित ६७ रन बनाए।