जी२०(G20) सम्मेलनमा केवल एउटै मेट्रो स्टेशन यात्रीहरूको प्रवेश र निकासीको निम्ति बन्द रहने

00-G20

नयाँ दिल्ली: दिल्ली पुलिसले जी-२० शिखर सम्मेलनमा दिल्लीका धेरै मेट्रो स्टेशनहरूलाई बन्द राख्ने आदेश जारी गरेको थियो तर पछि यसलाई फिर्ता लिइएको छ। केवल सुप्रीम कोर्ट मेट्रो स्टेशनको गेट बन्द रहनेछ र बाकी मेट्रो स्टेशनहरू यात्रीहरूको निम्ति खुल्ला रहनेछ।

यसअघि दिल्ली पुलिसले शनिवार डीएमआरसीलाई चिट्ठी लेखेर ३९ मेट्रो स्टेनशहरूलाई बन्द राख्ने अनुरोध गरेको थियो। यसको उद्देश्य जी-२० सम्मेलनमा आउने विदेश अतिथिहरूको सुरक्षा सुनिश्चित गर्नुथियो। यसमा ती स्टेशनहरू सामेल थिए, जसको वरिपरिबाट वीवीआईपी लश्कर जानेथियो र अतिथि नेता बस्नेथिए।

अब दिल्ली पुलिसको एक आदेश अनुसार, दिल्लीमा मेट्रोको निम्ति नयाँ गाइडलाइन यस प्रकार छ कि यात्रीहरूको प्रवेश र निकासी केवल सुप्रीम कोर्ट मेट्रो स्टेशनमै प्रतिबन्धित रहनेछ। यद्यपि, मेट्रो यहाँबाट जानेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement