गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले शिक्षक दिवसको अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई बधाई एवं शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘यस पुनीत अवसरमा म महान शिक्षाविद, विचारक एवं भारतीय संस्कृतिका गुरु डा. सर्वपल्ली राधाकृष्णनलाई उनको जन्मतिथिमा नमन गर्दछु।’ उनले अघि भनेका छन्, ‘शिक्षक समाजका शिल्पकार हुन् जसले प्रत्येक बालकलाई आवश्यकताहरू अनुरूप सुन्दर आकृति प्रदान गरेर उसलाई समाजको प्रकाशको स्वरूप दिन्छन्।’
राज्यपालले भनेका छन्, ‘हाम्रा महान शिक्षकहरूका कारण नै आज हाम्रो देशले ज्ञान र विज्ञानको क्षेत्रमा विश्वमा आफ्नो परचम फहराइरहेको छ। आउनुहोस्, हामी यस अवसरमा आफ्ना महान शिक्षकहरूको मार्गदर्शनप्रति सम्मान र आभार व्यक्त गरौं।’
राज्यपालले राष्ट्रिय र राज्य पुरस्कारले सम्मनित सबै शिक्षकहरूलाई बधाई दिएका छन्। शिक्षकहरूको दृढ़ संकल्प र कार्य संस्कृतिले अरूहरूलाई पनि प्रेरित गरुन् भनी राज्यपालले कामना गरेका छन्।