स्वास्थ्य साथी कार्ड धारक रोगीलाई चिकित्साबाट फर्काए प्राथमिकी दर्ता गरिने-मुख्यमन्त्री

1609878102_mamata.jpg

कोलकताः स्वास्थ्य साथी कार्ड धारक रोगीलाई चिकित्साबाट फर्काए थानामा प्राथमिकी दर्ता गरिने छ। अस्पतालको लाइसेन्स पनि रद्ध गरिनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले चेतावनी दिएकी छन्। मुख्यमन्त्रीले मङ्गलवार पश्चिमी मिदनापुरमा प्रशासनिक बैठक गरिन्। स्वास्थ्य साथी कार्डको बारेमा विभिन्न अभियोगलाई ध्यानमा राख्दै तिनले भनिन् यदि कुनै अस्पताल कार्ड स्वीकार गर्नबाट अस्विकार गर्छ भने यसको सूचना थानामा दिइने छ। त्यसपछि सम्बन्धित थानाको पुलिस अधिकारी मामिलाको सूचना स्वास्थ्य विभागलाई दिइने छ। अभियोग पाएपछि स्वास्थ्य विभाग तत्कालै कार्रवाई गर्नेछ। ममताले भनिन्, यदि आवश्यक परे तिनी आफै यस सम्बन्धमा सख्त कार्वाही गर्नेछ।

उल्लेखनीय छ कि स्वास्थ्य साथी सेवामा निजी अस्पतालद्वारा रोगीलाई फर्काएको केही अभियोग पाएका छौँ। मुख्यमन्त्रीले गत बुधवार नवान्नमा एक बैठकमा स्वास्थ्य साथी परियोजनामा चर्चा गरियो। सूत्रअनुसार तिनले बैठकमा खोजखबर लिए कि स्वास्थ्य साथीलाई लिएर किन यति अभियोग गरिरहेको छ। ममताले कुनै पनि अभियोगलाई गम्भीरतासित लिने निर्देश दिए। मुख्यमन्त्रीको यस निर्देशपछि स्वास्थ्य विभाग रेस भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement