चामलिङले दिए शिक्षक दिवसको शुभकामना

IMG-20230904-WA0300.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टी अध्यक्षको भनाइअऩुसार शिक्षकहरू परिवर्तन निर्माताहरू हुन् जसले भविष्यका अगुवाहरूलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छन्। उनीहरूको समर्पण, जोश र कडा परिश्रमबाट, नयाँ पुस्ताको युवा ज्ञानको पालनपोषण हुन्छ। शिक्षक दिवसको अवसरमा आफ्नो पक्षबाट शिक्षकहरुलाई शुभकामना व्यक्त गर्दै उनले यसो भनेका छन्। शिक्षकको भूमिका किताबको विषयवस्तु सिकाउनु र विद्यार्थीहरूलाई समयमै डिग्री प्राप्त गर्ने कुरा सुनिश्चित गर्नु मात्र होइन; वास्तविक भूमिका उनीहरूको कामको माध्यमबाट मानवताको उत्थान गर्नु हो भनी उल्लेख गरेका छन्। पूर्व मुख्यमन्त्री चामलिङले शिक्षकको वास्तविक भूमिका असल मानव निर्माण गर्नु हो भन्दै यसका लागि शिक्षक आफैं असल मानिसको उदाहरण बन्नुपर्ने जिकिर गरेका छन्। शिक्षकहरु मोमबत्ती हुन् जसले अरूलाई उज्यालो दिन आफै जलाउँछन्। महान् शिक्षक बन्नको लागि मैनबत्ती बन्नु पर्छ जसले उज्यालो दिन्छ, उनले भने। सिक्किमको सन्दर्भमा उनले अब शिक्षाको उद्देश्यलाई जीवनमुखी शिक्षामा आमूल परिवर्तन गर्ने बेला आएको ठहर गरेका छन्। सिक्किमका युवाहरू सबैभन्दा शिक्षित मात्र नभई मानवताको सेवा गर्ने सबैभन्दा सक्षम, उच्च कुशल असल मानव बन्ने कुरा सुनिश्चित गर्नुपर्छ उनले थपे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement