एकजना बालक निद्रामा हिँडे १६० किलोमिटर

00-1-Walk

तपाईले धेरै मानिसहरुको बारेमा सुन्नु भएको होला कि मानिसहरु निद्रामा हिंड्छन्। कहिलेकाहीँ सोच्दा अचम्म लाग्छ कि यो कसरी हुनसक्छ कि कोही निद्रामा हिड्न सक्छ। तर यो सत्य हो कि निद्रामा एक ठाउँबाट अर्को ठाउँमा हिँड्ने बानी धेरैको हुन्छ। विज्ञहरूका अनुसार यो बानी प्रायः साना बालबालिकामा हुनसक्छ। अमेरिकामा एक केटा निद्रामा हिँडेर एक शसहरबाट अर्को शहर पुगेका छन्। यस क्रममा उनले १६० किलोमिटरको दुरी तय गरे। वास्तवमा अमेरिकाका ११ वर्षीय केटा माइकल डिक्सन निद्रामा हिँड्दै रेल ट्र्याकमा पुगे, त्यसपछि रेलमा बसेर अर्को शहर पुगे। उनको आमालाई अज्ञात नम्बरबाट फोन आएपछि घटना बाहिर आएको हो।

केटाकी आमालाई पेरु, इन्डियाना, अमेरिकाबाट पुलिसको फोन आयो। उनीहरुको छोरा पेरुमा अनौठो अवस्थामा फेला परेको पुलिसले जनाएको छ। त्यसपछि छोरा घरमा सुरक्षित सुतिरहेको महसुस गरेपछि केटाकी आमाको बेचैनी बढ्यो। यो ६ अप्रेल १९८७ को घटना हो जब पुलिसले जानकारी दिँदा बिहान एक व्यक्तिले पुलिसलाई एउटा बालक अनौठो अवस्थामा रहेको बताएको थियो। त्यसपछि पुलिसले सोधपुछ गर्दा बालक १६० किलोमिटर टाढा इन्डियाना राज्यको डेनभिलको रहेको पत्ता लाग्यो। केटा खाली खुट्टा र नाइट सूट लगाएर पेरु पुगेका थिए। अनुमान अनुसार उनी आफ्नो घर नजिकैको स्टेशनबाट मालगाडी चढे र त्यसपछि घरबाट धेरै टाढा आए। यस क्रममा बालकको खुट्टामा धेरै चोट लागेको थियो। यसबाहेक उनलाई अरु कुनै चोटपटक लागेको छैन। यस घटनाको दुई वर्षपछि माइकल डिक्सनको यो निद्रामा हिँड्ने काम गिनिज वल्र्ड रेकर्डमा पनि दर्ता भएको थियो। यस क्रममा उनकी आमाले उनी निद्रामा हिँड्दा धेरै पहिलेदेखि नै यो बानी रहेको बताइन्। बारम्बार दुःस्वप्नको कारण, उनले निद्रामा हिंड्ने बानी विकास गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement