गाउँलेहरूले साइकल चोरलाई पक्रेर सुम्पिदियो पुलिसलाई

Capture4-2.png

नक्सलबारी: नक्सलबारीको तोतारामजोतमा साइकल चोरीको घटनामा गाउँलेहरूले २ जना चोरलाई पक्रेर पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ २ जना चोरले नक्सलबारीको तोतारामजोतको एउटा घरबाट साइकल चोरी गरेको थियो। यसपछि आज फेरि इलाकाका मानिसहरूले ती दुईजनालाई इलाकामा घुमफिर गरिरहेको देखे। सीसीटीभी फुटेजको माध्यमद्वारा स्थानीय मानिसहरूले २ जना युवकलाई चिन्हित गरेर पक्राउ गरेपछि नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका २ जना युवक बाघडुग्रा निवासी हुन्। यस विषयमा इलाकाका पञ्चायत सदस्य मोहम्द कलामले भने, युवाहरू ब्राउन सुगरको लतमा फँसेकाले गर्दा नै यस प्रकारको चोरीको घटना घटिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *