बलिउडको यस्तो जसको ‘जीरो बजेट’ फिल्म

00-1

नयाँ दिल्ली: एउटा फिल्म बनाउन करोडौं रुपियाँ लाग्छ र हजारौंको मिहिनेत फिल्मले आफ्नो बजेट रिकभर गर्न सफल हुन्छ कि हुँदैन भन्ने फिल्म रिलिजपछि मात्रै थाहा हुन्छ। अहिले सम्म धेरै ठूला बजेट फिल्मको बारेमा सुन्नु भएको होला। बलिउडमा २०० देखि १००० करोडसम्मको बजेटमा बनेका धेरै फिल्म छन्। तर के तपाईंले कहिल्यै यस्तो फिल्मको बारेमा सुन्नुभएको छ, जसलाई बनाउन एक रुपैयाँ पनि खर्च भएको छैन? यदि होइन भने आज एउटा यस्तो फिल्मको बारेमा बताउन गइरहेका छौँ, जुन नि:शुल्क थियो।

सन् २०१७ मा रिलिज भएको यो शून्य बजेटको फिल्मको नाम ‘बेफिकर बेशरे’ थियो। समाजलाई बलियो सन्देश दिने हलुका रोमान्टिक सिच्युएशनल कमेडी फिल्म थियो। यस फिल्ममा ६ एमबीए विद्यार्थीको जीवन देखाइएको छ। एमबीए गर्दा र पछि यी विद्यार्थीहरूको जीवनमा कस्तो परिवर्तन आउँछ भन्ने देखाइएको थियो। यस चलचित्रका निर्देशक तथा लेखक रुतविज वैद्य हुन्। फिल्मको अधिकांश भाग पुणेमा छायांकन गरिएको छ भने केही भाग मुम्बईमा छायांकन गरिएको छ। फिल्मको बारेमा कुरा गर्दै रुत्विज भन्छन्, “एउटा चर्चित ट्रस्टले फिल्म निर्माण गर्न प्रस्ताव गर्यो तर उनीहरुको अवस्था ठिक थिएन। तर यो फिल्म बनाउनुपर्छ भन्ने मलाई थाहा थियो र मैले सक्दो दिएँ।” भारतीय इतिहासमा बनेको यो पहिलो फिल्म हो, जसको बजेट लगभग शून्य छ। कलाकारदेखि ध्वनि, सम्पादन, स्टुडियो, स्थान, मेकअप, खानपान, सबै कुरा नि:शुल्क छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement