टेस्ट क्रिकेटमा प्रथम तटस्थ अम्पायरहरू मध्ये एक पिलू रिपोर्टरको ८४ वर्षको उमेरमा निधन

n53449162816938466643524cff33adc8e76d8a2d34cc5d9ef4c2f51886d15f6b7556814a4c91257fe45907.jpg

नयॉं दिल्ली: अन्तरराष्ट्रिय क्रिकेटको इतिहासमा प्रथम दुई तटस्थ अम्पायर मध्ये एक पिलू रिपोर्टरको आइतवार मुम्बईमा निधन भएको छ। ८४ वर्षीय रिपोर्टर सेरेब्रल कन्फ्यूजन बिमारीले पीड़ित थिए।

१९९२ विश्व कप, जुन अस्ट्रेलिया र न्यूजील्याण्डमा सम्पन्न भएको थियो, १४ टेस्ट म्याच र २२ एकदिवसीय म्याच अतिरिक्त ती टुर्नामेन्टहरू मध्ये एक थियो जसमा रिपोर्टरले अम्पायरिङ गरेका थिए। रिपोर्टर, १९९२ विश्व कपमा एकमात्र भारतीय अम्पायर थिए।

१९८६ मा लाहौरमा पाकिस्तान र वेस्टइण्डीजबिच खेलिएको टेस्ट म्याच रिपोर्टरको निम्ति ठूलो अवसर थियो। यो अन्तरराष्ट्रिय क्रिकेटमा ‘तटस्थ’ अम्पायरको निम्ति पहिलो उदाहरण थियो। उनले साथी भारतीय वीके रामास्वामीसॅंग त्यस म्याचमा अम्पारिङ गरेका थिए।

रिपोर्टरले पहिलोपल्ट १९८४ मा इङ्गल्याण्डको भारत भ्रमण अवधि दिल्लीमा अम्पायरिङ गरेका थिए। उनी स्पष्टवक्ता थिए र क्रिकेटमा मेल्कम मार्शल, विव रिचर्ड्स र इमरान खान जस्ता ठूला खेलाड़ीहरूको सामना गर्न कहिल्यै अभिभूत महसुस गर्दैन थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement